यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेस प्रदेशले सुदूर पश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेशका लागि अविशेक तिवारीले दुई विकेट लिए भने साइमन रोयले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३८ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय २२ रन बनाएको थियो । मधेस प्रदेशका लागि अलि अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।
सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले पाँच विकेट लिए । हेमन्त धामीले तीन तथा युवराज खत्रीले दुई विकेट लिए । अपराजित सुदूरपश्चिमले पाँच खेलबाट १० अङ्क जोडेको छ । यो हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको पक्षमा माहौल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?
-
लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै
-
सुन्तलाको जुस तौल घटाउन कागतीभन्दा प्रभावकारी : अङ्गुरमा हुन्छ चमत्कारिक गुण
-
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा
-
बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष
-
विभिन्न स्थानबाट लागु औषधसहित ५ जना पक्राउ