ला लिगामा तीन खेल, सबैको नतिजा १-०

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तीन खेल एउटै नतिजामा टुंगिएका छन् । मंगलबार राति भएका तीन खेल १-० को नतिजामा टुंगिएका हुन् ।
गिरोनाले रियाल भालाडोलिडलाई १-० ले हराउँदा सेल्टा भिगोले रियाल सोसिडाडलाई १-० ले नै हरायो । यी दुई खेलमा पाहुना टोली विजयी भए । यस्तै, सेभियाले लस पल्मसलाई १-० ले हरायो । यो खेलमा भने घरेलु टोलीलाई राहत मिल्यो ।
ला लिगामा ३६ औं चरणका खेल सुरु हुँदा रियाल भालाडोलिड, लस पल्मस र लेगानेस रेलिगेशन क्षेत्रमा छन् भने रियाल सोसिडाड, गिरोना र सेभिया क्रमश १२ औं, १३ औं र १४ औं स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक छ ।
उसको ३५ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानको रियाल मड्रिडको ७५ अंक छ । बार्सिलोनालाई उपाधिका लागि एउटा जित अर्थात् बाँकी तीनै खेलमा बराबरी गर्दा पुग्ने अवस्था छ । नतिजा उल्ट्याउन रियालले भने तीन वटै खेल जित्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु
-
सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैन : गृहमन्त्री
-
किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू
-
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
-
लोकप्रियतावादबाट अगाडि बढ्न जरुरी छ : महत