ला लिगामा तीन खेल, सबैको नतिजा १-०
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तीन खेल एउटै नतिजामा टुंगिएका छन् । मंगलबार राति भएका तीन खेल १-० को नतिजामा टुंगिएका हुन् ।
गिरोनाले रियाल भालाडोलिडलाई १-० ले हराउँदा सेल्टा भिगोले रियाल सोसिडाडलाई १-० ले नै हरायो । यी दुई खेलमा पाहुना टोली विजयी भए । यस्तै, सेभियाले लस पल्मसलाई १-० ले हरायो । यो खेलमा भने घरेलु टोलीलाई राहत मिल्यो ।
ला लिगामा ३६ औं चरणका खेल सुरु हुँदा रियाल भालाडोलिड, लस पल्मस र लेगानेस रेलिगेशन क्षेत्रमा छन् भने रियाल सोसिडाड, गिरोना र सेभिया क्रमश १२ औं, १३ औं र १४ औं स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक छ ।
उसको ३५ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानको रियाल मड्रिडको ७५ अंक छ । बार्सिलोनालाई उपाधिका लागि एउटा जित अर्थात् बाँकी तीनै खेलमा बराबरी गर्दा पुग्ने अवस्था छ । नतिजा उल्ट्याउन रियालले भने तीन वटै खेल जित्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण