दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।
सो जिल्लाको वैत्यश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान जारी रहेको हो ।
ती मतदान केन्द्रमा यही मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि