सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।
बैंकको आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रूपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम पैँतालीस करोड अड्तीस लाख दश हजार ६ सय छयासी रूपैयाँ पञ्चानब्बे पैसा बराबरको बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ ।
यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच गत साउनमा संस्था प्राप्ति सम्बन्धी सहमति भएको थियो । जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार
-
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
-
विश्वासको मतको सकस : सुदूरपश्चिमका मुख्यमन्त्री दोस्रो पटक काठमाडौँमा
-
अग्नि सापकोटा माओवादीको केन्द्रीय सदस्यमा मनोनित
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
के छ माधव नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा (पूर्णपाठ)