पहिलो हाफमा क्यानडामाथि मोरक्कोको अग्रता
विहीबार, १५ मंसिर २०७९, २१ : ४८

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा मोरक्कोले क्यानडामाथि पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ । अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोलाई अग्रता दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे ।
यता क्यानडाले एक गोल आत्मघाती उपहार पायो । मोरक्कोका लागि खेलको चौथो मिनेटमा जियाचले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २३ औं मिनेटमा युसुफले गोल गर्दै मोरोक्ककोलाई पहिलो २–० गोलको अग्रता दिलाए ।
यता क्यानडाले नायफ अगर्डको आत्मघाती गोलमा अग्रता बनाएको थियो । आजको खेलमा जित निकाल्दै मोरक्को अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । मोरोक्कोले आजको खेमला जित निकाल्दै अघिल्लो चरण पुग्ने योजना बनाएको छ । यता, क्यानडा आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड