विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज

विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् ।
आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घानाले उरुग्वेको सामना गर्नेछ ।
आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ ।
उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । यसै समयमा हुने अर्काे खेलमा पोर्चुगल जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । दक्षिण कोरियाको पनि सोही योजना छ । तर, घाना र उरुग्वेबीचको नतिजामा भर पर्नु पर्नेछ ।
आज नै हुने विश्वकपको समूह चरणका अन्तिम दुई खेलहरुमा सर्बीयाले स्वीजरल्यान्डसँग खेल्दा ब्राजिलले क्यामरुनको सामना गर्नेछ । समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ ।
ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा तिज निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्य हुनेछ ।
दुबै खेल नेपाली समय अनुरास राति १२ः४५ मा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने
-
रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने
-
मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
-
‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल