बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन् ।
उनले सात हजार पाँच सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभा (१) मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाएका छन् ।
यसैगरी प्रदेशसभा ९२० मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार