पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
काठमाडौं । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी दिएको हो ।
कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले जानकारी दिए । शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक(सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उनले जिकिर गरे।
माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनकी नेपाल शाखा प्रमुख डा. मिनु सिग्देलले जानकारी दिए । एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने उनको भनाइ छ ।
शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उनले बताए ।
दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको सङ्गठनका प्रचारमन्त्री नारायण सेढाइँले जानकारी दिए । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने उनले बताए ।
यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण