पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : निर्वाचनमा सोचेजति नतिजा आएन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् । निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’
बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘अब अरू विकल्प खोज्नेतिर जानु हुन्न । गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनुपर्छ भन्ने अध्यक्षको भनाई छ’ प्रचण्डको भनाई उदृत गर्दै पौडेलले भने ।
आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको उनले बताए । बैठकमा प्रचण्डले हरिबोल गजुरेलको पत्रको विषयमा समेत जवाफ दिएका छन् । ‘अध्यक्षले अहिलेको परिस्थिति बुझिदिन आग्रह गर्नुभयो, मलाई किन टिकट नदिएको भन्ने विषयमा जवाफ दिनु भयो’ गजुरेलले रातोपाटीसँगको कुराकानीका क्रममा भने ।
बैठकमा निर्वाचनको समीक्षा र भावी कार्य योजनाका विषयमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी