चुनावी तालमेल गरेको लोससपालाई गठबन्धनको बैठकमा बोलाइएन
सोमबार, १९ मंसिर २०७९, १५ : ५३

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएपनि सत्ता गठबन्धनको बैठकमा लोसपालाई बोलाइएको छैन । गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा लोसपालाई सहभागी नगराइएको हो ।
गठबन्धनको बैठकमा जनमोर्चाबाट भने दुर्गा पौडेल सहभागी छिन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।
गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार