रोनाल्डो किन्न साउदी क्लब तयार
मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : ३६
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ ।
नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको गर्ने बताएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् । पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् ।
गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् । उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, भोलि दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा