इनरुवाका मेयर पनि डोजर लिएर सडकमा

पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।
मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।
नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगरप्रमुख केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए । उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइँदैछ : रावल
-
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई
-
गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह
-
क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अखिल क्रान्तिकारी
-
गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान
-
सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की