बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

मंगलबार, २० मंसिर २०७९, १६ : ३३
मंगलबार, २० मंसिर २०७९

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । 

हात्तीले  सुन्दरहरैँचा १०  स्थित  त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला  आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको  मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । 

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय  मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आङ्तक मच्चाउने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप