जो खरिदार पद अस्वीकार गर्दै मावि शिक्षक बने

सामान्यतया आम मानिसको चाहना निजामती कर्मचारी बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसका लागि लोक सेवा पास गर्न निकै मेहनत र कसरत गर्छन् । अन्य सेवा तर्फका कर्मचारी समेत लोक सेवा भने मरिहत्ते गर्ने गरेको पाइन्छ ।
विशेष गरी शिक्षक निजामती क्षेत्रलाई रोज्ने गरेको देखिन्छ । शिक्षक सेवा आयोग पास गरेका मावि वा निमाविका शिक्षक समेत निजामती तर्फको खरदार सरहको जागिर खान बढी आकर्षित हुन्छन् । तर, सल्यानका एक जनाले भने लोक सेवा आयोगको पद अस्वीकार गर्दै शिक्षक सेवा आयोगलाई रोजेका छन् ।
लोक सेवा आयोगबाट खरिदार पदमा नाम निकालेका कपुरकोट–४ सल्यानका नरबहादुर बाठाले शिक्षक सेवा रोजेका हुन् । उनी खरिदार पदमा नाम निकाल्दै जिल्ला हुलाक कार्यालय गोरखाका लागि सिफारिसमा परेका थिए ।
तर, शिक्षक सेवा आयोगबाट मावि तृतीय श्रेणीमा समेत सिफारिस भएपछि उनले खरिदार पद अस्वीकार गरेका हुन् । मावि तृतीय तहको स्थायी शिक्षकमा नाम निकालेपछि उनले खरिदार पदमा स्थायी नियुक्ति नलिने भनी सनाखत गरेका थिए । उनले खरिदार पद अस्वीकार गरेपछि रिक्त पदमा वैकल्पिक कोटामा रहेकी स्याङ्जाकी राधिका गुरुङलाई सिफारिस गरिएको छ । लोक सेवा आयोग पोखरा कार्यालयले राधिकालाई जिल्ला हुलाक कार्यालय गोरखाका लागि सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन