एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण हुँदैन : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभइ परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।
उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले जनादेशलाई गणितीय जोडघटाउ मात्रै नभएर विकासका लागि सुम्पिएको अभिभाराका रुपमा दिनुपर्ने बताए ।
'लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ,' शर्माले भने, 'देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।'
उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए। भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए । देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनले बताए ।
कांग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपाध्यक्षमा साझा उम्मेदवार बन्ने अर्यालको प्रयास, कांग्रेससँग मागिन् सहयोग
-
किन टिक्न सकिरहेका छैनन् ‘वैकल्पिक शक्ति’ भन्ने दलहरू ?
-
नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन
-
सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने
-
बागमती प्रदेशसभाको बैठक बस्दै
-
विकासले फेरिएको गदी, अब सबै सुविधा गाउँमै