शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१ अर्ब २० करोड रुपैयाँ बराबरको सन‍्‍राइज फोकस्ड इक्विटी फण्ड स्वीकृत

बुधबार, २१ मङ्सिर २०७९, १५ : १६
बुधबार, २१ मङ्सिर २०७९

सन‍्‍राइज फोकस्ड इक्विटी फण्ड धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । सन‍्‍राइज बैंक लिमिटेडद्धारा प्रवर्द्धन गरिएको १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्विटी फण्डले बोर्डमार्फत मंसिर १९ गते स्वीकृति पाएको हो । 
योसँगै बैंकले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाई फण्ड बिक्री गर्ने बाटो खुलेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । 

सन‍्‍राइज क्यापिटल लिमिटेडले हाल सन‍्‍राइज फस्र्ट म्युचुअल फण्ड तथा सन‍्‍राइज ब्लूचिप फण्ड गरि दुईवटा  सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप