शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आरोप, आक्रोशित स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा
बुधबार, २१ मंसिर २०७९, १६ : ०५

रौतहटमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका –४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो । सो विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए ।
तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ । सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ। जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए । प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?