दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटको
भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।
चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।
पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीवजार जानुपर्ने बाध्यता छ । समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने थियो । पुल निर्माण नहुँदा रुकुम पुग्न धेरै लामो घुम्नुपर्छ । रुकुम पुन र चौरजहारी र जगतीपुरको विकासमा समेत पुल नहुँदा बाधा खडा भएको स्थानीय बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस
-
माधव नेपालको प्रतिवेदन : यी हुन् कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु
-
कर्णालीको खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने गरि पहल थाल्छौँ : अर्थमन्त्री शाह
-
हाइगेट समाधिमा एक अँजुली फूल
-
बुद्धरूप पशुपतिको छाया दर्शन परम्परा
-
टीकापुरमा सात वर्षे बालकको मृत्यु प्रहरीको गोलीबाट भएको हो : पूर्वन्यायधीश गिरिशचन्द्र लाल