किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
विहीबार, २२ मंसिर २०७९, १२ : ११

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ ।
उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।
न्युन कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस
-
माधव नेपालको प्रतिवेदन : यी हुन् कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु
-
कर्णालीको खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने गरि पहल थाल्छौँ : अर्थमन्त्री शाह
-
हाइगेट समाधिमा एक अँजुली फूल
-
बुद्धरूप पशुपतिको छाया दर्शन परम्परा
-
टीकापुरमा सात वर्षे बालकको मृत्यु प्रहरीको गोलीबाट भएको हो : पूर्वन्यायधीश गिरिशचन्द्र लाल