प्लेयर टू वाच : मटेयो कोभचिच, क्रोएसिया

लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र मटेयो कोभचिचको मिडफिल्ड कतार विश्वकपमा चम्किएको छ । यसमध्ये पनि कोभचिच सबैभन्दा खट्ने खेलाडीमा पर्दछन् । विपक्षीको खुट्टाबाट बल खोस्नेदेखि खुला बललाई गोलको अवसरमा परिणत गर्ने उनको क्षमता अद्भुत रहेको छ ।
डाइनामो जाग्रेबबाट आफ्नो क्लब करियर सुरुवात गरेका कोभचिचले इन्टर मिलान र रियल मड्रिडजस्ता महारथि टोलीबाट खेलिसकेका छन् । हाल प्रिमियर लिग क्लब चेल्सीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन् । रियलमा रहँदा उनले तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने चेल्सीबाट उनले सन् २०१८–१९ को युरोपा लिग र सन् २०२०–२१ को च्याम्पियन्स लिग जितेका छन् । उनी सन् २०१९–२० का लागि चेल्सीको वर्ष खेलाडी पनि बनेका थिए ।
सन् २०१३ मा क्रोएसियाको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका उनले देशलाई सन् २०१४, २०१८ र २०२२ को फिफा विश्वकपमा प्रतिनिधित्व गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार
-
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद
-
४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने
-
आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
द्रुतमार्ग : ‘खोकनामा प्रभावकारी राजनीतिक पहल आवश्यक छ’