लोसपाले आयोगमा पठायो समानुपातिक सांसदको नामावली
शुक्रबार, २३ मंसिर २०७९, २० : २९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ ।
लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ । लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ । लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ ।
लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ । समानुपातिक मत तीन प्रतिशत भन्दा कम आएका कारण राष्ट्रिय दलको मान्यता पाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
वर्तमान सरकारप्रति माधव नेपालको टिप्प्णी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’
-
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ