सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

थरी थरीका फुटबल फ्यानहरू (फोटोफिचर)

आइतबार, २५ मङ्सिर २०७९, ०९ : २६
आइतबार, २५ मङ्सिर २०७९

दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २२ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् । दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् ।

कतारमा जारी विश्वकप फुटबल यतिबेला अन्तिम चरणमा प्रवेश गरिसकेको छ । यस विश्वकपमा पनि विश्वभरमा फुटबल समर्थकहरू कतारमा भेला भएका छन् । मैदानमा पुगेर आफ्नो टोलीलाई समर्थन गरिरहेका छन् । के बालक, के वृद्ध, सबै उमेर समूहका फ्यानहरूलाई मैदानमा देख्न सकिन्छ । अनुहारलाई देशको झण्डाको रङ्गमा रङ्गिएर, अनौठा लुगा लगाएर मैदान प्रवेश गरेका समर्थकहरूले पुरै रङ्गशालालाई नै रङ्गिन बनाएका छन् । हेरौँ रोयटर्स फोटोपत्रकारहरुले कैद गरेका विश्वकपमा फुटबल समर्थकका तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप