सबैभन्दा गर्मी भैरहवामा, यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो ।
४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस), विराटनगर (४०.२ डिग्री सेल्सियस) तथा धरान (४० डिग्री सेल्सियस) रहेका छन् ।
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ। ती भू-भागहरूमा वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण