सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेमिफाइनलदेखि विश्वकपमा नयाँ बल प्रयोग गरिने

सोमबार, २६ मङ्सिर २०७९, १३ : २८
सोमबार, २६ मङ्सिर २०७९

फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै प्रतियोगिताको अन्तिम चरणमा नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले आइतबार जानकारी दिएको हो ।

‘अल हिल्म’ को अर्थ अरबी भाषामा ‘सपना’ हो । अल रिहलाको अर्थ ‘यात्रा’ थियो । यो हप्ता पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

हाल प्रयोग भएको बलमा रेफ्रीलाई सहयोग गर्ने प्रविधि प्रयोग भएको छ । नयाँ अल हिल्म बलको प्राथमिक रंग सुनौलो र त्रिभुज प्याटर्न भएको छ । यस मोडलको बललाई इन्डोनेसियाको एक कम्पनीले निर्माण गरेको हो । –अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप