मधुमेहका बिरामीले नजिकैबाट आगो र हिटर नतापौँ
चिसो मौसममा मधुमेहका बिरामीले आगो, हिटर ताप्दा धेरै नजिक बसेर नताप्न चिकित्सकहरूको सुझाव छ । मधुमेह तथा हर्माेन रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेहका बिरामीले आगो, हिटर नजिकैबाट ताप्दा चाँडो छालामा विभिन्न खालका छालामा समस्या देखिने सचेत रहन आग्रह गरेका छन् ।
उनी भन्छन्, ‘मधुमेहका बिरामीले आगो, हिटरको धेरै नजिक बस्नु हुँदैन । धेरै तातो पानीले खुट्टा धुनु हुँदैन साथै धेरै तातो पानीले भएको हट ब्यागको प्रयोग धेरै प्रयोग नगर्दा राम्रो हुन्छ ।’ मधुमेहका बिरामीमा शरीरमा कुनै खालको घाउ भएका सफा पानीले सफा गरी स्वास्थ्यकर्मीलाई देखाउन उनको सुझाव छ । उनी भन्छन्, ‘मधुमेहका बिरामीको खुट्टा भएको घाउ पुरा ठीक नहुन्जेलसम्म पुरा ध्यान दिनु पर्छ ।’
खुट्टालाई घाउ, चोटपटकबाट बचाउन चप्पल, जुत्ता नलगाइ खाली खुट्टा नहिँड्न उनको सुझाव छ । ‘मधुमेहमा खुट्टामा जुत्ताले औँलाहरू धेरै कसिने गरी घाउ बनाउने किसिमले लगाउनु हुँदैन, जुत्ता लगाउनु भन्दा पहिले जुत्ता भित्र ढुङ्गा, किल्ला कीरा, कि भनेर हेर्नुपर्छ,’ उनी भन्छन्, ‘मधुमेहका बिरामीले खुट्टामा फोका, घाउ भएको छ कि छैन भनेर ख्याल गर्न पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण