पत्रपत्रिका
मल चाहिन्छ ७ लाख टन, आउँछ ४ लाख टनभन्दा कम
सोमबार, ०४ पुस २०७९, ०५ : ३३
खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मन्त्रालयले हालसम्म वर्षमा अधिकतम ३ लाख ९४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल उपलब्ध गराउन सकेको छैन । मन्त्रालयका अनुसार पछिल्लो ११ वर्षमा सरकारले आर्थिक वर्ष (आव) २०७७/७८ मा हालसम्मकै सबैभन्दा बढी ३ लाख ९४ हजार मेट्रिक टन मल उपलब्ध गराएको थियो । अहिलेको अवस्थामा उपलब्ध भइरहेको मलले हाम्रो आवश्यकता धान्न नसकेको निष्कर्षसहित मन्त्रालयले करिब ५ लाख २० हजार टन मल भित्र्याउने लक्ष्य राखेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण