अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घट्यो
चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ ।
विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो । आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपियाँको वस्तु आयात गरेको थियो । यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपियाँले घटेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण