गठबन्धन जोगाउन रामचन्द्र पौडेलको दौडधुप, भेटे प्रचण्ड र माधव
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् ।
शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको पौडेलनिकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।
भोलि साँझ ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्ने तय भएको छ । यसअघि पटक पटक बसेको बैठकमा शक्ति बाँडफाँडमा दलहरूले आफ्नो अडान नछोडेका कारण सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रले सुरुको २ वर्ष आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले सरकारको कार्यकालको १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने माग गरेको छ । राष्ट्रपतिका लागि कांग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने अन्य पदहरू बाँडफाँडको विषयमा पनि गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण