फ्राईडे रिलिज : देशभरका हलमा ‘डिसेम्बर फल्स’

आज (शुक्रबार)बाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै देशभर यो फिल्म प्रदर्शनमा आएको हो । अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर २९ शोज दिएको छ ।
विशेषगरि, हलमा नयाँ फिल्म नहुनु, पुरानो फिल्मले पनि एक सातामै दम तोड्नु यसलाई फाइदा भएको देखिन्छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको यो फर्मुला फिल्म हो । दर्शक रिझाउने फर्मुला फिल्ममा रहेको निर्माण युनिटले बताउदै आएको छ ।
प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।
फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू