अर्थपूर्ण जीवन बाँच्न सिक
शनिबार, १६ पुस २०७९, ०८ : ३७
ती दिनहरू
तबसम्म सजिला थिए,
जबसम्म नेपालीका
स्वाभिमानी पाखुरा बलिया थिए ।
हरेक समाज, देशका लागि
गरिने सम्झौताहरू
विचार, सल्लाह गरेर मात्र
अगाडि बढ्थे ।
आज त हिजोका तिनै पू्र्खाहरू
कमजोर भए, बनाइए
जुन दिन अफ्ठ्यारोमा परिन्छ
जब निस्कन नसक्ने गरी
दलदलमा फँसिन्छ
त्यतिबेला सल्लाह दिने बुढापाका
सल्लाह दिने आफन्त अनि साथीभाइ
सबैको याद झल्झली आई रहनेछ ।
अनि त्यस पछाडिका दिनहरू
लौरो र वैशाखी खोज्दै
आत्मविश्वासको पाइला गुमाएर
पछुतो नै पछुतो हुनेछ
अन्तिममा
परिश्रमी र स्वावलम्बी भएर बाँच्न खोज्दा
जीवन धेरै टाढा पुगिसकेको हुनेछ ।
त्यसैले,
टेक्ने खुट्टाहरू
र बोलिने आवाजहरू जहिले पनि
अर्थविनाको होइन कि अर्थ बोकेको हुनुपर्छ
इमानदारिता र स्वाभिमान बोकेको हुनुपर्छ
हालः अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण