आफ्नै नग्न फोटो मोबाइलमा राख्दा मुद्दा
न्युयोर्क – अमेरिकाका एक १७ वर्षिय किशोरमाथि आफ्नै नग्न फोटो मोबाइलमा राखेको विषयलाई लिएर मुद्दा चल्ने भएको छ । उत्तरी क्यारोलिनमा बस्ने कोर्मेगा ज्योन कोपेनिंगमाथि यस्तो मुद्दा चल्न लागेको हो । यसअघि प्रहरीले उनको मोबाइलमा नग्न फोटो भेटेका थियो ।
हाइस्कुलमा अध्ययनरत उक्त युवकले १६ वर्षको छँदा आफ्नी प्रेमिकासँग नग्न फोटो शेयर गरेका थिए । गत फेबु्रअरीमा उनलाई यसरी फोटो शेयर गरेको आरोप लाग्यो । उनी र उनको प्रेमिकाले एकअर्कासँग आफ्ना नग्न फोटो साटेका थिए । उत्तरी क्यारोलिनामा १६ वर्ष पुगेकाले यौन सम्बन्ध राख्न सक्छन् ।
तर अधिकारीहरुले बताएअनुसार १८ वर्ष नपुगेका व्यक्तिले यसरी मोबाइलमा आफ्ना नांगा फोटो शेयर गर्न पाउँदैनन् । कोपेनिंगले यस प्रकरणपछि क्षमा मागेका छन् । तर उनीमाथि कारबाही भने हुनेछ । उनकी प्रेमिका ब्रियाना डेन्सनले पनि आरोप स्विकार गरेकी छिन् र उनी पनि सजायको भागिदार हुनेछिन् । उनीहरुलाई यसअघि प्रहरी हाईस्कुलबाटै पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण