रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङको समर्थनमा युवा नेता सन्तोष पन्तले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मनोनयनका क्रममा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ का पन्तले गण्डकी प्रदेश भूगोलतर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पन्तको उम्मेदवारीको प्रस्तावकमा रास्वपा केन्द्रीय सदस्य एवं सांसद शोभा खनाल रहेकी छिन् भने समर्थकमा गृहमन्त्री गुरुङसँगै सुजन देवकोटा रहेका छन् ।
रास्वपा स्थापनाकालदेखि नै पार्टीको सङ्गठन निर्माण, विस्तार र आन्तरिक रणनीतिमा निरन्तर खटिँदै आएका पन्त हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको सचिवालयमा कार्यरत छन् । पार्टीको नीति, विधि र कानुनी प्रक्रियामा राम्रो दख्खल राख्ने पन्तले सचिवालय र सङ्गठनमा बसेर काम गरेको अनुभवका आधारमा आफूले भूगोलको प्रतिनिधित्व बलियो रूपमा गर्ने बताएका छन् ।
रास्वपाको नयाँ केन्द्रीय समिति चयनका लागि बुधबार मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण