बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मण्डेला भनेर विद्यार्थी झुक्किएपछि....

बिहीबार, ०७ असोज २०७२, ११ : ०७
बिहीबार, ०७ असोज २०७२

एजेन्सी–नेल्सन मण्डेलाको विषयमा मोनिटरमा प्रेजेक्टशन पेश गर्न लागेका दुई विद्यार्थीहरु मण्डेलाको सट्टा मनिटरमा हलिउड अभिनेताको फोटो प्रस्तुत भएपछि रातोपिरो भएका छन् । स्क्रिनमा मण्डलाको नाम राखेर हलिउड अभिनेता मोर्गान फ्रिम्यानको फोटो देखाइएको छ । फ्रिम्यानलाई मण्डेला भनेर मानिसहरु झुक्किएको यो पहिलो अवसर भने होइन । यसअघि नै अनुहार मिल्दोजुल्दो भएका मोर्गानले सन् २००९ मा इन्भिक्टस चलचित्रमा मण्डेलाको भूमिका निभाएका थिए । उनी त्यतिबेला ओस्कारका लागि समेत मनोनित भए । यसअघि भारतमा पनि मण्डेलाको फोटो राख्नुपर्नेमा एकपटक मोर्गानको फोटो राखिएको थियो । दुई वर्षअघि मण्डेलाको श्रद्धान्जली कार्यक्रममा मोर्गानको तस्विर राखियो । त्यतिबेला मण्डेलासँगै मार्टिन लुथर किंग मदर टेरेसा र महात्मा गान्धीप्रति संयुत्त श्रद्धान्जली दिइएको थियो । मण्डेलाको सन् २०१३ मा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप