एउटा त्यस्तो गाउँ जहाँ १२ वर्ष पुगेपछि केटी बन्छन् केटा
एजेन्सी–डोमिनिकन रिपब्लिकमा एउटा त्यस्तो गाउँ छ जसमा कुनै पनि परिवारमा जन्मिएका कुनै पनि बालिका किशोरावस्थामा पुगेपछि बालक बन्छन् । देशको दक्षिण पश्चिम इलाकास्थित सैलिनास गाउँमा फैलिएको एक अचम्मको बिरामीले यस्तो स्थिती सिर्जना गरेको हो । यस गाउँमा कुनै पनि बच्चा जन्मदा केटी भएपनि किशोरावस्थामा केटा बन्छन् । गाउँमा यस्तो प्रचलन बढ्दै गएपछि अब यो स्थितीलाई सामान्य मान्न थालिएको छ । गाउँमा जस्तै घटना जोनी नामको एक बालकसँग घट्यो । उनी जन्मदा केटी थिए । यस गाउँमा जन्मने बच्चा एउटा अचम्मकै रोगका साथ जन्मने गरेका छन् । जसका कारण जन्मदा बालकको लिंग निकै छोटो हुन्छ र जन्मिएको बच्चा बालक हो या बालिका भने छुट्याउन सकिदैँन । बिस्तारै उमेरसँगै लिंग बढ्दै जान्छ र किशोरावस्था आइपुगेपछि बालिका भनिएका थुप्रै बच्चा बालक बन्छन् । चिकित्सकका अनुसार गर्भावस्थामा हुने आनुवंशिक विकार कारण बच्चाले जरुरी ईजायम पाएको हुदैँन । त्यसैकारण डिहायडो टेस्टोस्टेरोन नामक पूरुष सेक्स हार्मोन ठीक तरिकाले बन्न पाउँदैन । यस बिरामीका कारण १२ वर्षपछि मात्रै लिंगले पूर्ण रुप लिन्छ । अहिले २४ वर्षको भइसकेका जोनका अनुसार बच्चामा उनका बाबुआमालाई उनी छोरा हुन् भन्ने थाहा थिए । उनी घरमै जन्मिएका थिए । उनी बाल्यकालमा स्कर्ट लगाएर स्कुल जान्थे । तर जब अन्य बालिकाहरुले खेल्नका लागि खेलौना दिन्थे उनलाई राम्रो लाग्दैन थियो । उनलाई बालकहरुसँग खेल्न मन लाग्थ्यो । जब उनी केटा रहेको पहिचान भयो, त्यसपछि मात्रै जिन्दगी आनन्दको लाग्न थालेको उनले बताएका छन् । सन् १९७० मा वैज्ञानिक कर्णेलले यस गाउँको भ्रमण गरेपछि यस्तो समस्या पत्ता लागेपछि समाधान अझै भेटिएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण