खरायोले अमेरिकीलाई बनायो हैरान
बिहीबार, ०७ असोज २०७२, ११ : २०
एजेन्सी–खरायोलाई धेरैले मायालाग्दो जनावरका रुपमा लिन्छन् । तर अमेरिकाको वासिंगटनस्थित ल्यांगली शहरवासीलाई भने यो जनावरले समस्या सिर्जना गरेको छ । थुप्रैको संख्यामा रहेका जंगली खरायोहरुले रोग फैलाउनसक्ने भन्दै विडवे आइल्याण्डस्थित ल्यांगली शहरका वासीन्दा त्रसित छन् । दक्षिण विडवे स्कुलका ब्रायन मिलार भन्छन्, खरायोबाट सर्नसक्ने रोगलाई लिएर स्थानियवासी त्रसित छन् । अहिले खरायोले विद्यालयको फुटबल मैदानमा खोस्रिएर प्वाल पारिसकेको छ । त्यस्तै थुप्रै स्थानियवासी खरायोले बोट विरुवा नस्ट गरेको भन्दै चिन्तित छन् । अहिले खरायो देखेपछि स्थानियवासी हैरान हुने गरेका छन् । ल्यांगलीका प्रहरी अफिसर डेभ मार्कस् समस्या सिर्जना गरेपछि खरायोलाई मार्न नहुने पक्षमा छन् । यस भेगमा अहिले खरायोको संख्या बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण