बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

२ सय २० वर्षसम्म बाँचेको रुखको रहस्य

बिहीबार, ०७ असोज २०७२, १४ : ३४
बिहीबार, ०७ असोज २०७२

युक्रेनको सुमी क्षेत्रस्थित क्रोलिभेटस् शहरमा विश्वकै फरक शैलीको स्याउको बँगैचा यतिबेला चर्चामा छ । यस बँगैचामा एउटै मात्र रुख छ । तर २ सय २० वर्षको त्यस रुखमा थुप्रै हाँगा छन् । यस बँगैचालाई एप्पल ट्रि कोलोनी नाम दिइएको छ ।

यस रुख अझै शताब्दीऔँसम्म जीवित रहने अनुमान लगाइएको छ । सुरुआतमा यो रुख पनि सामान्य नै थियो । तर बुढो हुदैँ गएपछि यसको हाँगाहरु घुमाउरो रुपमा जमिनमा तलैसम्म आउने गरी झाँगिन थाले । त्यसपछि ति प्रत्येक हाँगा समेत जरामा परिणत हुन थाले । प्रत्येक पल्ट जब एउटा पुरानो हाँगा मर्छ तब यस रुखको अस्तितव कायम राख्न अर्को हाँगा पलाईहाल्छ । सन् १९७० मा यसमा ९ वटा यस्ता हाँगा थिए । सन् २००८ सम्म आइपुग्दा हाँगाविँगाको संख्या दोब्बर भयो । अहिले यसमा थुप्रै हाँगा बिगा तथा जरा छन् । प्रत्येक हाँगामा स्याउ फल्छ र त्यो पनि निकै मिठो छ । युक्रेनको शाही परिवारका राजकुमार पिटर सर्गिभले यस रुख रोपेको स्थानिय बुढापाका बताउँछन् । उनको निधनपछि सम्मानमा रुखका हाँगाहरु जमिनमा झुकेको स्थानिय किन्वदन्ती छ । राजकुमारको मृत शरिरलाई यही रुखको हाँगामा सन् १८४८ मा गाडिएको थियो । स्थानियहरु राजकुमारले आफ्नी श्रीमतीको संझनामा रुख रोपेको बताउँछन् । राजकुमारीको युवाअवस्थामै निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप