बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कोरियाली जोडीको लोभलाग्दो शरिरको रहस्य ( फोटोफिचर)

मङ्गलबार, १२ असोज २०७२, १७ : १८
मङ्गलबार, १२ असोज २०७२
अहिले इस्टाग्राममा एउटा कोरियन जोडी निकै चर्चामा छ । आफ्नो परिवर्तित शरिरका आर्कषक फोटोहरु अपलोड गरेपछि यो जोडीले चर्चा बटुलेको हो ।केही समयअघि सोंग जि यो र उनकी श्रीमती सिन जी हो भद्धा शरिरका कारण चिन्तित थिए । विगत ५ महिनादेखी उनीहरु जीममा अनवरत सक्रिय छन् । उनीहरु एकसाथ जीम गर्छन् । त्यस्तै दैनिक तीनघण्टा एकसाथ एरोविक एक्सरसाइज गर्छन् र व्यायाम समेत गर्छन् । उनीहरुले आफ्ना लोभलाग्दा फोटो सार्वजनिक गर्दै लेखेका छन् , डाइटिंग सबैभन्दा राम्रो प्लास्टिक सर्जरी हो । अहिले उनीहरुको फोटो देखेपछि सबैबाट प्रशंशाका प्रतिक्रिया मात्रै आएका छन् । चिकेन ब्रेस्ट, अण्डा, गुलियो आलू, गोलभेँडा र अन्य फलफूल तथा सागसब्जीहरु मात्रा मिलाएर उनीहरुले सेवन गर्दै आएका छन् । सोंग जि यो दैनिक १ सय ५० ग्राम चिकेन ब्रेस्ट, १ सय २० ग्राम गुलियो आलू, ५ पिस बदाम, गोलभेँडा, बन्दा र प्याज लिन्छन्, झन्डै तीन तथा चार घण्टाको फरकमा । त्यस्तै सिन जी होले पहेँलो भाग हटाएको अण्डा ४ वटा, ५० ग्राम आलू, केही फलफूल र तरकारी दैनिक पाँच पटकसम्म लिदैँ आएकी छिन् । अहिले ५ महिनाको अवधिमै सोंग जि योले ८३ केजीबाट १२ किलो तौल घटाएर आफ्नो तौल ७१ केजीमा झारेका छन् । ५ महिनाअघि उनको शरिरमा १ट प्रतिशत फ्याट थियो भने अहिले फ्याटको मात्रा केवल ५ प्रतिशत छ । त्यस्तै सिन जी होको शरिरमा ५ महिनाअघि ३२ प्रतिशत फ्याट थियो । उनी ७१ केजीकी थिइन् । अहिले उनी ४९ केजी छिन् र शरिरमा केवल १८ प्रतिशत मात्रै फ्याट छ । सिन जी होलाई अहिले इन्स्टाग्राममा झन्डै १० हजारले पछ्याएका छन् । उनलाई पछ्याउनेहरुले उनीजस्तै शरिर बनाउन लाग्ने प्रतिक्रिया दिएका छन् । केही वर्षको व्यायामपछि शरिरमा यस्तो परिवर्तन आउने पक्का भएपनि केवल ५ महिनाभित्रै देखिएको यो परिवर्तनलाई भने दुलर्भ मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप