बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कुकुरको पनि प्लास्टिक सर्जरी गर्ने नयाँ ट्रेन्ड

बिहीबार, १४ असोज २०७२, १० : ३४
बिहीबार, १४ असोज २०७२

 मानिसहरुजस्तै जनावरलाई पनि मेकअप आवश्यक पर्छ वा पर्दैन । अहिले कोरियामा यो प्रश्न चर्चामा छ । दक्षिण कोरियालीहरुले आफ्नो घरमा पाल्दै आएका जनावरलाई प्लास्टिक सर्जरी गरेर राम्रो देखाउन थालेका छन् । कुकुरको पुच्छर काटेर साने पार्ने र कान काट्ने काम यसअघि नै विश्वका थुप्रै ठाउँमा हुदैँ आएको थियो । तर अहिले भने कोरियालीहरुले कुकुरलाई स्लिम पार्ने, शरिरको विभिन्न भागका रौँ हटाउने मात्रै नभएर प्लास्टिक सर्जरी गर्ने काम समेत सुरु गरेका छन् । ६० डलरबाट सूरु हुने यस्तो मेकअपका लागि कोरियालीहरु हजारौँ खर्चन समेत तयार छन् । दक्षिण कोरियालाई प्लास्टिक सर्जरीको राजधानी मानिन्छ । यहाँ आउने पर्यटकहरु आफ्नो अनुहार फेरिने गरेर प्लास्टिक सर्जरी गरेपछि घर फर्कनुअघि डाक्टरसँग प्रमाणपत्र लिन्छन् । उनीहरुको पासपोर्टमा रहेको फोटो र वास्तविक अनुहारमा फरक आइसकेको हुन्छ । मानिसहरुको अनुहारमा त्यस्तो चमत्कारिक प्लास्टिक सर्जरी गर्न खप्पिस कोरियालीहरु अहिले भर्खरै मात्र आफ्नो घरपालुवा जनावरको सर्जरीमा सक्रिय भएका हुन् ।

एक भेटेनरी कर्मचारकिा अनुसार प्लास्टिक सर्जरी केही समयअघिसम्म पशुपन्छीलाई जोगाउन गरिन्थ्यो । तर त्यसरी प्लास्टिक सर्जरी गर्दा कुुकुर तथा अन्य जनावर राम्रो देखिन थालेपछि अहिले यसले फेसनको रुप लियो । कोरियामा प्लास्टिक सर्जरी लोकप्रिय भएपनि निकै कम मात्रै चिकित्सकले यस्तो सर्जरी स्वास्थको दृष्टीकोणले उचित र नैतिक नहुने बताउँछन् । कोरियामा रहेका जनावरप्रेमीहरु पनि यस्तो परिपाटीपछि त्रसित भएका छन् । धेरैले सर्जरी गर्दा जनावरको अधिकार हनन भएको बताएका छन् । उनीहरुले राम्रो बनाउने बहानामा मानिसलाई जनावरको छालासँग खेल्ने अधिकार नभएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप