दुःख साट्न जापानी महिलाले अब भाडामा पुरुष लिन पाउने
जापानमा नयाँ सेवा सुरु भएको छ । काममा व्यस्त र साथि बनाउन नपाएका महिलाहरुले भाडामा पुरुष साथी लिन पाउनेछन् । उनीहरुले आफू बेखुसी वा उच्च तनावमा भएका बेला त्यस्ता पूरुषलाई बोलाउन सक्छन् । लाईसेन्स प्राप्त पुरुषहरुले रुने थेरापी गरेर महिलाहरुको तनाव घटाउन भूमिका खेल्छन् । सेप्टेम्बर २४ बाट जापानमा यस्तो सेवा सूचारु भएको थियो र अहिले थुप्रै महिलाहरु यस्तो सेवामा आकर्षित छन् । आफ्नो अवस्थाअनुसार महिलाहरुले तनाव हटाउन भाई, बौद्धिक व्यक्ति, ब्याड ब्वाई र आकर्षक पुरुष बोलाउन सक्छन् । सबैको विशेषता फरक फरक हुनेछ । यस्तो योजना बनाउने हिरोकी तेराई भन्छन्, टोकियोमा काम गर्ने जापानी महिलाहरु निकै तनावमा हुन्छन् । कहिलेकाँही रुन्छन् समेत । हामी उनीहरुको आँशु हटाउन चाहन्छौँ । केहीले यस योजनालाई यौनकार्यका रुपमा विश्लेषण गरेका छन् । तर तेराई यसलाई खण्डन गर्छन् । उनी यस योजनाको सुरुआतबाटै महिलाहरुले पुरुष बोलाउने काम सुरु भएको बताउँछन् । उनी महिलाहरुलाई रुवाएर उनीहरुको तनाव घटाउन र राम्रो अनुभव गराउन मात्रै यस्तो योजना ल्याइएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण