मृत्युअघि ४७ वर्ष अस्पताल बस्ने व्यक्ति
टर्कीको बुर्सामा रहेका ७० वर्षिय एक व्यक्तिको गत साता निधन भएको छ । रोचक कुरा उनले निधनअघि ४७ वर्ष अस्पतालमा बिताएका थिए । गम्भिर बिरामी नभएपछि जाने ठाँउ कतै नभएपछि उनी अस्पतालमै बसे । सन् १९६८ मा आफ्नो सैनिक सेवा पुरा गरेपछि उनी अस्पताल भर्ना भएका थिए । टाउको दुखेपछि अस्पताल भर्ना भएका अब्दूल्लह कोजानले त्यसपछि त्यही बस्न आग्रह गरे । उनी कर्मचारीसँगै बस्न थाले र त्यही रमाइलो लाग्न थालेको बताउन थाले । अस्पताल प्रशासनले उनलाई प्रत्येकपल्ट डिस्चार्ज भएपछि नयाँ विरामीका रुपमा भर्ना लिने गरेको थियो । कोजानले पुरै विश्वलाई अधिकांश : समय अस्पतालको कोठामा रहेको झ्यालबाटै हेरे । अस्पतालले लगाएको गुन तिर्ने क्रममा उनले समेत अस्पतालका कर्मचारीहरुलाई सहयोग गर्ने गरेका थिए । अस्पतालकै एक कर्मचारी भन्छन्, उनी हाम्रो अस्पतालको सदस्य जस्तै थिए । हामीले उनको सुरक्षा गर्यौँ । तर उनी खराब परिस्थितीबाट गुज्रिएपछि जीवन रक्षा गर्न सकेनौँ । गत शुक्रबार निधन हुनअघि उनी डायवेटिज र दमबाट पिडित थिए । निधनपछि नजिकका एक भाईले अब्दूल्लाहको शव जिम्मा लिएका छन् । हसन कोजललाई अस्पतालका कुनै पनि कर्मचारीले चिन्दैन थिए । तर उनले आफू अब्दूल्लाहको भाई भएको प्रमाणित गर्दै शवलाई सम्मानजनक रुपमा गाड्ने बताएर जिम्मा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण