ताइवानमा पान बेच्ने सुन्दरी
(एजेन्सी) यदी तपाई ताइवान घुम्न जानुभयो भने हातमा पान सुपारी बोकेर रोडको छेउमा बसेका केही महिलाहरुलाई देख्न सक्नुहुन्छ । यि महिलाहरु बिटेल नट गल्र्स हुन् । उनीहरुले पान बोकेका हुन्छन् । आर्कषक देखिने यि महिलाहरुको उद्धेश्य सुपारी बेच्नु हो । मुख्य सडकमा फोन बुथ जस्तो देखिने यस्ता ६० हजार स्टलहरु छन् । जहाँ महिलाहरु बस्छन् र ग्राहक आउनसाथ बाहिर निस्कन्छन् । अहिले यस्ता स्टलहरु ताइवानलाई चिनाउने माध्यम बनेका छन् । प्राय गरिब परिवारका महिलाहरु यस्तो काममा लाग्छन् । तर उनीहरुले हाउसकिपिंग र टेबुल सफा गरेभन्दा बढी पैसा यस्तो जागिरबाट कमाउँछन् । विश्वको १० प्रतिशत जनसंख्याले प्रयोग गर्ने पान सुपारी एशियाभरी नै लोकप्रिय भएपनि ताइवान पान सुपारीको व्यापारका लागि रणनिति बनाउने पहिलो देश हो । सडकमा बसेका युवतीहरुका प्रमुख ग्राहक भनेका टक तथा ट्याक्सी डाइभर हुन् । सन् १९६० बाटै यसरी पान बेच्ने प्रचलन ताइवानमा सुरु भएको थियो । सन् १९९० सम्म यो धेरै लोकप्रिय भयो । तर सन् २००२ मा अधिकारीहरुले यसरी पान बेच्दा दुर्घटना बढेको र देशको इज्जत गएको भन्दै यसमा रोक लगाउन माग गरेका थिए । पानले क्यान्सर हुने खतरा समेत हुन्छ । सन् २००७ मा ताइपेइ शहरमा पानमाथि प्रतिबन्ध लगाइएको थियो । त्यस्तै महिलाका लागि समेत खुकुलो लुगा लगाउन प्रतिबन्ध थियो । बिस्तारै अहिले भने समाजमा बिटेल गल्र्सलाई सामान्य ढंगबाट हेर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण