६३ वर्षदेखि नंग पालेर गिनिज बुकमा किर्तिमान
सन् १९५२ देखी आफ्नो औलाको नंग नकाटेका एक व्यक्तिलाई अन्ततः गिनिज बुक अफ वल्र्ड रेकर्डसले प्रमाणपत्र दिएको छ । उनले यति लामो समयसम्म नंग पाल्दाको मूल्य ठूलो चुकाउनुपरेको बताएका छन् । एउटै हातमा विश्वकै सबैभन्दा लामो नंग रहेको मानिसका रुपमा अब गिनिज बुकमा उनको नाम दर्ज भएको छ । उनका सबै औलाहरुको नंग जोड्दा ९ सय ९ दशमलव ६ सेन्टिमिटर लामो हुन्छ । सबैभन्दा लामो नंग भएको औलाँको नंगको लम्बाई २ मिटर छ । गिनिज बुकमा नाम लेखाएपछि श्रीधरले आफ्नो जीवनको लक्ष्य पुरा भएको बताएका छन् । उनको नंगलाई अब संग्रहालयमा राखिनेछ । अहिले ७८ वर्ष पुगिसकेका श्रीधरले नंगले जवानीमा समस्या दिएको बताएका छन् । भन्छन्, विवाहका लागि मात्रै झन्डै १ दर्जन केटी हेरेँ, तर कोही मसँग विहे गर्न तयार भएनन् । यदी विहेका लागि केटी तयार भए उनका बाबु आमाले अस्विकार गर्ने , बाबुआमा तयार भए छोरी यस्तो फोहोरीसँग विहे गर्दिन भन्ने । भारतमा छदाँ एकपटक अन्जानवस आफ्नै शिक्षकको लामो नंग भाँचिदिएपछि श्रीधर र उनका साथिले नराम्रो कुटाई भेटेका थिए । त्यसपछि उनलाई नंग पाल्ने सौख पलायो । हाम्रो परिवारका सदस्यले मानेनन् । स्कुलमा शिक्षकहरुले थर्काए । तर मैलेँ त्यसपछि नंग फालिन । श्रीधर भन्छन् । सुरुआतमा दैनिक जीवनमा समेत कठिनाई देखा परेको उनको भनाई छ । मेरो परिवारमा कसैले मन पराएनन । उनीहरु मेरो कपडा धोइदिन समेत तयार थिएनन । मैले आफैँ कपडा धोएँ । उनले नंग पालेकै कारण जागिर पाउन समेत कठिनाई भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण