बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

श्रीमतीले घरको ताला बदलिदिएपछि ६ महिनादेखि चौरमा बस्न बाध्य करोडपति

बिहीबार, २१ असोज २०७२, १३ : ५६
बिहीबार, २१ असोज २०७२

(एजेन्सी) अमेरिकाको टेक्सास राज्यमा ६९ वर्षका एक करोडपति व्यक्ती अहिले आफ्नै घर बाहिर बस्न बाध्य छन् । उनलाई आफ्र्न श्रीमतीले ६ महिनाअघि घरबाट निकालेपछि उनी घरको पर्खाल नजिकै बस्न थालेका छन् । उक्त घरको मूल्य १३ लाख अमेरिकी डलर रहेको छ । पेशाले डाक्टर रहेकी उनकी श्रीमती सहानाज खानले उनलाई घरबाट लखेटेकी हुन् । श्रीमतीले घरबाट लखेटेपछि सरफात खान अहिले घरबारबिहिन भएका छन् । उनी घरको मूल ढोका नजिकै बाहिरै चौरमा बस्छन् । उक्त घरको आधा हिस्सा पाउनुपर्ने भएपनि श्रीमतीले उनलाई पैसा नदिइकनै निकालिन् । श्रीमतीले घरको ढोकाहरुका ताला पनि बदलिदिएकी छिन् । अहिले छिमेकीहरुलाई भने उनी मर्ने चिन्ताले सताएको छ । उनी निकै कमजोर भइसकेका छन् र राम्ररी हिडँ्न पनि सक्दैनन् ।

पछिल्लो ६ वर्षदेखी उनको र श्रीमतीको सम्बन्ध बिग्रिएको छिमेकीहरुले बताएका छन् । तर श्रीमतीले घरबाटै निकालेको भने ६ महिना भएको छ । उनका छिमेकीहरुले उनका लागि कपडा ल्याइदिए पनि श्रीमतीले त्यसलाई फालिदिने गरेकी छिन् । उनले छिमेकीहरुलाई खान नदिन भन्दै साइनबोर्ड समेत राखेकी छिन् । यस विषयमा प्रहरीलाई ३० पटकभन्दा बढी बोलाइए पनि उनीहरु कानुनीरुपमा सहानाजलाई बाध्य पार्न नसक्ने बताउँछन् । घरबाट बाहिर निकाले पनि सहानाजले उनलाई तलाक भने नदिने बताउँछिन् । ‘हामी इश्लाम र सरिया कानुन मान्छौं, त्यसैले सम्बन्ध विच्छेद गर्न सक्दैनौं,’ उनी भन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप