भवनको आठौं तल्लाबाट खसेर पनि बाँचे बालक
मङ्गलबार, २६ असोज २०७२, १५ : ५०
बेइजिङ - मध्य चीनमा एक तीन वर्षीय बालक एक भवनको ८ तल्लाबाट खसेर पनि आश्चर्यजनकरुपमा बाँचेका छन् । स्थानीय वेभसाइटका अनुसार ती बालक अस्पतालबाट पनि डिस्चार्ज भइसकेका छन् । यो घटना चीनको हुनान प्रान्तमा रहेको चाङ्डे सहरमा भएको थियो । गत अक्टोबर १ तारिखका दिन ती बालक घरमा एक्लै रहेको बेला बरण्डाबाट खसेका थिए । बिहान करिब ८ बजे सातौं तल्लामा रहेका छिमेकीले भुइँमा ठूलो आवाजमा केही खसेको सुनेका थिए । त्यसपछि हेर्दा ती बालक भुइँमा लडिरहेका थिए । त्यसपछि, अस्पताल पुर्याएका ती बालकको छाला र केही भित्री अंगमा सामान्य चोट मात्र पुगेको डाक्टरहरुले बताएका थिए । उनलाई १० दिन अनुगमनमा राखेपछि डिस्चार्ज गरिएको बताइएको छ । छिमेकीका अनुसार ती बालक छिमेकीले बरण्डामा सुकाएको सिरक र तल भुइँ चौर भएको कारण बाँचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण