मंगल ग्रहमा गौतम बुद्धको मुर्ति भेटिएको दाबी
शनिबार, ३० असोज २०७२, १७ : ०६
काठमाडौं – एलियन हन्टरहरुको एक टीमले मंगल ग्रहमा भगवान गौतम बुद्धको मुर्ति रहेको दाबी गरेका छन् । नासाको मार्स रोवरले पठाएको तस्विरहरुको विश्लेषणपछि उनीहरुले उक्त दाबी गरेका हुन् । एलियन हन्टर्सको टिमका सदस्य स्कट सी वेरिङका अनुसार यो फोटो मंगल ग्रहमा जीवनको अस्तित्व रहेको कुराको प्रमाण भएको दाबी गरेका छन् । यद्यपि, नासाले भने यस कुराको पुष्टि गरेको छैन । वेरिङ भने नासाले एलियनको हरेक खबर लुकाउने दाबी गर्छन् । ‘उनीहरु यो कुरालाई लुकाएर राख्न चाहन्छन् तर मार्स रोवरले पठाएको धेरै फोटोहरुमा त्यहाँ जीवन रहेको संकेत गर्छ,’ उनले भने । यसअघि पनि मंगल ग्रहमा पिरामिड र ठूलो गंगटोजस्तो आकृति भेटिएको दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण