जहाँ बलात्कारबाट जोगाउन युवतीको छातीमा तातो ढुंगा राखेर सम्म पारिन्छ
(एजेन्सी) संयुक्त राष्टसंघले सार्वजनिक गरेको नयाँ रिर्पोटमा बलात्कारबाट बच्ने नाममा युवतीहरुले क्रूर याताना सामना गर्ने गरेको उल्लेख गरिएको छ । यसका लागि गरुंगो र तातो ढुंगा र फलाम युवतीहरुको छातीमा राख्ने गरिएको छ । उनीहरुको स्तनलाई सम्म पार्नका लागि यस्तो गरिएको हो । दुनियाँभरमा ३८ लाख युवती छन् जसले यस्तो क्रूर यातना सहिरहेका छन् । संयुक्त राष्टसंघका अनुसार नाइजेरिया, दक्षिण अफ्रिका, क्यामरुन लगायतका देशमा मात्रै नभएर बेलायतमा समेत यस्तो गरिदैँ आएको छ । यस्तो गर्नूको पछाडी महिलामाथि हुने यौन दुव्यवर्हार र बलात्कारको घटना जिम्मेवार छ । मानिसहरु महिलाको स्तनलाई सम्म पारेपछि उनीहरु पूरुषजस्तै देखिने विश्वासका साथ यस्तो गर्छन् । लेखिका लैला हुसेनले यस्तो तरिकालाई मूर्खतापूर्ण कामको संज्ञा दिएकी छिन् । उनले मानिसहरुलाई आफ्ना छोरी यस्तो गर्दा सुरक्षित हुने विश्वास भएपनि यस्तो कार्यले थुप्रै रोग बढाउने बताएकी छिन् । ब्रिटेन, आयरल्याण्ड लगायतका देशामा यस्तो अत्याचारबाट महिलालाई बचाउन वुमन्स एन्ड गल्र्स डेभलपमेन्ट अर्गानाइजेशनले च्यारिटी गर्दै आएको छ । यसका लागि अर्गानाइजेशनले पुलिस, सामाजिक कार्यकर्ता, स्वास्थ विभाग तथथा स्कुलसँग सहकार्य गर्छ । अधिकांशत १२ देखी १५ वर्षका किशोरीहरुलाई यसरी गरुंगो फलाम वा पत्थर राखेर यातना दिने गरिन्छ । तर यस्तो कामले क्यान्सर, अल्सर, स्तनको संक्रमण लगायतका विभिन्न रोग लाग्न सक्छन् । त्यस्तै स्तन नै पुरै तरिकाले गायब हुनसक्छ । जसका कारण आमा बनेपछि युवतीहरुलाई निकै हैरानी व्यहोर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण