बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रिस उठ्यो ? मनलाग्दी तोडफोड गर्नुहोस् !

आइतबार, ०१ कात्तिक २०७२, १६ : १४
आइतबार, ०१ कात्तिक २०७२

(एजेन्सी) के तपाई रिस उठेका बेला आफ्नो कोठाका सबै सामाना तोडौंतोडौं लाग्छ ? मन लागेपनि तपाईं त्यसो गर्न पाउनुहुन्न तर रुसमा भने तनावका समय मानिसहरुले त्यसो गर्न पाउँछन् । डिवोसका नामले चिनिएको एक आर्ट प्रोजेक्टले तनावका समयमा रहेका मानिसलाई ह्याम्बर, बेसबल ब्याट लगायतले कोठाका विभिन्न सामान तोड्ने छुट दिन्छ । श्रीमतीसँग झगडा परेको अवस्थामा होस् वा अफिसमा काम बिग्रिएको अवस्थामा आफ्नो तनाव पोख्न मानिसहरु यस आर्ट प्रोजक्टमा जान सक्छन् । तर त्यसका लागि १ सय ६० देखी ४ सय ५० डलरसम्म खर्च गर्नुपर्नेछ । यस कार्यमा प्रयोग हुने फर्निचरको मूल्य हेरेर त्यसको निर्धारण हुन्छ । अहिले यो सेवा रुसमा निकै चर्चामा छ । मस्कोमा यस्तै अर्को प्रोजेक्ट रेज रुम सर्भिस पनि छ । तर डिबोस निकै चर्चामा छ । मानिसहरुले आफैँ फर्निचर छानेर त्यसलाई फुटाउन पाउने भएका कारण पनि डिबोस तनावमा हुनेहरुका लागि उपयुक्त मानिएको छ ।

केही साताअघि यो परियोजना सुरु भएदेखी नै गा्रहकहरुको भिड लाग्न थालिसकेको छ । तनाव घटाउन यस केन्द्रमा आएका एक व्यक्तिले कोठाका सबै सामान फुटाउँदा पाउँदा निकै खुसी लागेको बताए उनले सुरुआतमा टिभी फुटाएका थिए । त्यसपछि अन्य सामान फुटाए र तनाव घट्यो । फिजियोलोजिस्ट यूरि एडामोभस्की आफ्नो भावनामा नियन्त्रण गर्न नसकेको अवस्थामा मानिसहरु यसरी सामान फुटाउन पाँदा खुसी हुने बताउँछन् ।

https://www.youtube.com/watch?v=huNYkEa8QMo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप