यसरी बनाउनुहोस् पन्जावी मटन करी(दशै टिप्स)
मटन करी यसलाई तपाई घरमै बनाउन सक्नुहुन्छ । त्यसका लागि निम्नअनुसार काम सुरु गर्नुहोस्
१ मासुको टुक्रालाई सफा गर्नुहोस् र पानीमा भिजाएर राख्नुहोस् ।
२ फ्राई प्यानमा तेल र घिउ तताउनुहोस् । सुकुमेल,ल्वांग, मरिच, दालचिनी र तेजपत्ता पठाउनुहोस् ।
३ एक मिनेटपछि प्याज र नून हाल्नुहोस् ।
४ प्याजको रंग खैरो नभएसम्म त्यतिकै छाड्नुहोस् ।
५ लसून र अदूवाको पेस्टलाई हाल्नुहोस् र त्यसको प्राकृतिक सुगन्ध नहेटसम्म चलाईराख्नुहोस् ।
६ बेसार, धनीयाको धूलो तथा रातो खुर्सानीको धूलो मिसाउनुहोस् ।
७ सबैलाई चलाएर त्यसमा पिधेँको गोलभेडाँ समेत मिसाउनुहोस् ड्ड मसालाबाट तेल नछुट्टिएसम्म र टमाटर पुरै नमिसिसएसम्म चलाउनुहोस् ।
८ त्यसमा मासूको चेक्टाहरु मिसाउनुहोस् र मज्जाले चलाउनुहोस् ।
९ चार पाँच मिनेटसम्म ठिक्क तातोमा राख्नुहोस् र मिल्छ भने योगर्ट मिसाउनुहोस् ।१० त्यसपछि थप चार पाँच मिनेटसम्म पकाउनुहोस् र त्यसक्रममा दुई कप जति पानी पनि हाल्नुहोस् ।
११ नुन र मसालाको स्वाद चाख्नुहोस् र केही हरियो धनीयाँको पात मिसाउनुहोस् ।
१२ अब गरम मसाला हाल्नुहोस् र त्यसलाई मज्जाले मिसाउनुहोस् ।
१३ अब मसालालाई प्रेसर कुकरमा राख्नुहोस् र चार सिट्ठी लाग्दासम्म अर्थात १० देखी १२ मिनेटसम्म त्यतिकै छाड्नुहोस् । ( मटन मज्जाले पाकेको हुनुपर्छ ) ।
१४ यसरी पकाएपछि पन्जावी मटन मसाला खानका लागि तयार हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण