बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वातावरणमैत्री स्वीमसुट जसले प्रदूषित पानीलाई सफा गर्छ

शनिबार, १४ कात्तिक २०७२, १३ : ४६
शनिबार, १४ कात्तिक २०७२

(एजेन्सी) अहिले संसारमा यस्तो स्विंमग सुटको विकास भएको छ , जसले तपाई पौडिरहँदा पानीलाई सफा गर्नेछ । इलेक्टिकल इन्जिनियर मिह्री ओजकानको नेतृत्वमा रहेको टोलीले यस्तो स्विमिंग सुटको विकास गरेका हुन् ।

यो वातावरणमैत्री रहेका कारण समूद्रमा पौडिदा यसले प्रदूषण निकाल्ने नभएर उल्टै प्रदूषण हटाउने काम गर्छ । थ्रीडि प्रिन्ट गरेर तयार गरिएको यस सुटमा कार्बोनमा आधारित स्पञ्जजस्तै फिल्टर रहेको छ । जसले यर्दा यसले आफ्नो तौलभन्दा २५ गुणाबढी फोहोरहरु सोस्न सक्छ । १ हजार डिग्रीभन्दा बढी सेन्टिग्रेटमा तताउँदा कुनै पनि सामाग्री आफ्नो वास्तविक तरल अवस्थामा फर्कन्छ र त्यहाँबाट फोहोर र स्पञ्जलाई छुट्याउन सकिन्छ । यस्तो स्पोन्जलाई फेरि अर्को स्विमसुटमा पनि प्रयोग गर्न सकिन्छ । यसले प्रयोगकर्तालाई भने कुनै असर नगर्ने बताइएको छ । ओजाकन भन्छन्, यो वातावरणलाई नोक्सानी नगर्ने अचम्मको वस्तु हो । यस स्पोन्ज स्विमले यसै वर्ष रिसेप वेरेवल टेक्नोलोजी प्रतियोगितामा पहिलो पुरस्कार जितेको छ । केही समय पौडिएपछि फेरि आफ्नो स्विमिंग सुटलाई रिसाइकल गर्नु व्यवहारिक नभएपनि वातावरणलाई हानी पुर्याउनबाट जोगाउन यसले भूमिका खेल्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप