बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दैनिक ४ हजार सुगालाई चारो हाल्छन् चेन्नाईका बर्डम्यान

बिहीबार, १९ कात्तिक २०७२, १८ : ०७
बिहीबार, १९ कात्तिक २०७२

काठमाडौं – ६२ वर्षिय सेकर अहिले बर्डम्यान अफ चेन्नईको नामबाट चिनिन्छन् । उनी दैनिक ४ हजार सुगालाई चारो हाल्छन् । सन् २००४ को सुनामीपछि उनको चरासँगको सम्बन्ध बढेको थियो । उनले त्यतिबेला थुप्रै चाराहरुलाई घाइते अवस्थामा भेटे । त्यसपछि उनले आफ्नो भान्छाको खाना खुवाएर घाइते सुगाँहरु पालेका थिए । पछि सुगाहरु सेकरकै घरमा गुडँ बनाएर बस्न थाले । बिस्तारै चराहरुको संख्या बढेर हजारौँमा पुग्यो । पेशाले सेकर क्यामेरा मर्मत गर्ने टेक्निसियन हुन् । उनी अहिले चरालाई पाल्ने क्रममा आफ्नो आम्दानीको ४० प्रतिशत खर्च गर्छन् । उनी प्रत्येक बिहान उठेर ठूलो भाडाँमा भात तयार र्पाछन् । त्यसपछि त्यसलाई लगेर चराहरुमाझ छरिदिन्छन् । भन्छन्, म प्रत्येक बिहान ४ बजेर ३० मिनेट जाँदा उठ्छु । त्यसपछि खाना बनाउन ३० मिनेट लाग्छ । अनि चराहरुलाई खान दिन्छु । सबै गरिसक्दा ६ बज्छ र उनीहरु टाढा उडिसकेका हुन्छन् । यसरी नै बेलुकी ६ बजेदेखी ६ः३० बजेसम्म फेरि चराहरु खुवाउने काम गर्छु । १० वर्षदेखी यस्तो काम गर्दै आएका सेकर आफूले थुप्रै पटक खाना खान भुलेपनि सुगाँहरु कहिल्यै भोको बस्नु नपरेको अनुभव सुनाउँछन् ।

https://www.youtube.com/watch?v=J_GyoQ3mahE

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप